प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

लोकपथ
0
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

आज शनिवार बिहान ११ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा बोलाएका हुन्  । प्रधानमन्त्री ओलीले प्रचण्डलाई पनि टेलिफोन सम्पर्क गरी बैठकमा बोलाइएको बताइएको छ । तर अध्यक्ष प्रचण्ड सर्वदलीय बैठकमा नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

संसदको अधिवेशन, कोरोना संक्रमण र रोकथामका उपाय लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरिएको बताइएको छ । अध्यक्ष प्रचण्ड सर्वदलीय बैठक सिंहदरबारमा नराखी प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका कारण असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित हुन लागेका स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?