कोटेश्वरमा प्रचण्ड र नेपालबीच गोप्य वार्ता

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य वार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा प्रचण्ड र  नेपालबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो  शुक्रवार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण सरकार ढल्नबाट जोगिएको थियो ।

वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए । भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?