काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।
बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए ।
‘सभामुख अराजक बन्नुभयो, उनले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा. लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया