काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको ‘सर्वदलीय बैठक’मा माओवादी केन्द्रका कोही पनि नेता सहभागी नभएका कारण उनले यस्तो टिप्पणी गरेका हुन् ।
मन्त्री ज्ञवालीले माओवादी केन्द्रलाई औंल्याउँदै भने, ‘खबर गरिएपनि उहाँहरु आउनु भएन, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’
यसअघि हिजो शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेर भेट्न आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया