काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको ‘सर्वदलीय बैठक’मा मुख्य ३ विषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले कोरोना महामारी उपनिर्वाचन र अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छलफल भएको बताए ।
बैठक बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएको विधेयकबारे छलफल भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीको भनाइ छ ।
त्यस्तै बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए । बैठक पछि बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे छलफल अगाडि बढाउन आग्रह गरेको बताए । उनले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग माग गरेको बताए।
बैठकका कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले रहेको मन्त्री ज्ञवालीले बताए ।
यस्तै मन्त्री ज्ञवालीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको बताए । उनले कांग्रेसको भदौमा हुने पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया