हामीलाई जनताको साथ छ : अध्यक्ष प्रचण्ड

लोकपथ
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् ।

अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को आज उद्घाटन गर्दै उनले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको उल्लेख गरे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको कारणले आएको स्पष्ट पारे । अध्यक्ष दाहालले ठूलो सङ्घर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बताए । आफूहरू यतिबेला सरकार गठन, पुनःगठनको प्रक्रियामा रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?