कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद बने मन्त्री

लोकपथ
0
Shares

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेकपा एमालेका तीन सांसदलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्री बनाएका छन् ।
शनिबार शाहीले मन्त्रिपरिषद हेरफेर गर्दा नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापालाई मन्त्री बनाएका हुन्।

बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने थापा भौतिक पूर्वाधार विकास मन्त्री बनेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शुक्रबार शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै शाही सरकारलाई सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?