काठमाडौं । हिजो (शनिवार) प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू नजानुको कारण खुलाएका छन् । उनले बैठकमा नजानुको कारण खुलाउँदै चेइ नभनी कुकुर पनि कसैको घर जादैन भनि टिप्पणी गरेका हुन् ।
डा. भट्टराईले ललितपुरस्थित जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरीमा बुझ्दा बैठकमा उपस्थित हुनबारे जानकारी नआएका कारण नगएको स्पष्ट पारेका छन् । ट्वीट गर्दै उनले सञ्चारमाध्यमबाट थाहहुन आएको बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेको बैठक बहिष्कार पो भएछ भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।
डा.भट्टराईले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ !’
चेइ नभनी कुकुर पनि कसैको घर जाॅदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ!
— Baburam Bhattarai (@brb1954) April 18, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया