आईपीएल : हैदराबाद तेस्रो पटक पराजित

लोकपथ
0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिगको ९ औं खेलमा सावहिक विजेता मुंबई इन्डियन्सले सन्राइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ।

चेन्नईको चेपाकमा खेलिएको खेलमा टस जितेर मुंबईले ब्याटिङ गर्ने निर्णय गर्यो। शुरुवात राम्रो गरेपनि मुंबईले मिडल ओभरमा भने राम्रो खेल्न सकेन।

ओभर ७-१५ मा मुंबई ले मात्र ४७ रन बनाउन सकेको थियो। मुंबईका लागि विकेटकिपर क्विन्टन डे ककले ४० र केरन पोलार्डले अभिजित ३५ रन बनाएका थिए। हैदराबादको लागि विजय शंकर र मुजीब उर रहमानले २-२ विकेट लिएका थिए।

पछिल्ला दुई हार पछि टिममा ४ परिवर्तन गरेको हैदराबादको पारी खोल्न कप्तान डेभिड वार्नर र जोनी बेरस्टाउ आएका थिए। पहिलो विकेटकोलागि ६७ रनको साझेदारी बनाउँदा बेरस्टाउले ४३ रनको योगदान गरे।

मिडल अर्डरले आफ्नो प्रदर्शन देखाउन नसक्दा हैदाराबादले लगातार तेस्रो खेल गुमाउन पुग्यो। निर्धारित २० ओभर पनि नसकिँदै हैदरबाद १३७ रनमा अल आउट भएको हो । मुंबईका लागि ट्रेन्ट बोल्ट र राहुल चाहरले समान ३-३ विकेट लिन सफल भए।

यो जीत सँगै मुंबई अंक तालिकाको पहिलो स्थानमा चढेको छ भने ३ खेल पछि पनि हैदराबादले अंक तालिकामा आफ्नो खाता खोल्न सकेको छैन।

मुंबईका केरन पोलार्ड म्यान अफ दि म्याच घोषित भए । भोलि आईपीएलमा २ खेल हुँदै छन् जसमा ३:४५ को खेलमा कोलकाता नाइट राइडर्सलाई रोयल च्यलेन्जर्स बैंगलोरको चुनौती हुने छ भने दिल्ली क्यापिटल्स र पंजाब किङ्स साँझ ७:४५ मा भिड्दै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?