काठमाडौं । सर्लाहीमा यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका १ का ३० वर्षीय राजु दासलाई हिजो शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया