अप्रिल २२-२३ मा हुने जलवायु सम्मेलनमा बाइडेनले गरे पाकिस्तानलाई बेवास्ता

लोकपथ
0
Shares
???????????????????????????????????????????

इस्लामावाद । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक जलवायु सम्मेलनमा राष्ट्रप्रमुखको रुपमा सहभागिता जनाउने भएका छन् । अप्रिल २२ र २३ मा हुने उक्त सम्मेलनका लागि राष्ट्रपति बाइडेनले भने पाकिस्तानलाई बेवास्ता गरेका छन् ।

भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा पाकिस्तानलाई सहभागी नगराइने भएपछि पाकिस्तानको नागरिक समाजले आश्‍चार्य व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले विश्‍वभरका ४० मुलुकमा राष्ट्रप्रमुखहरुलाई बोलाएका छन् ।

उनले दक्षिण एसियाका बंगलादेश र भुटानलाईसमेत सम्मेलनमा सहभागी हुन आह्वन गरेका छन् । ह्वाइट हाउसले जारी गरेको सूचना अनुसार उक्त भर्चुअल सम्मेलनमा रुस, चीन, अस्ट्रेलिया, अर्जेन्टिना, इन्डोनेसिया, फ्रान्स, जर्मनी, इजरायल, क्यानडा, जापान, इटाली, केन्या, मेक्सिको, डेनमार्क, कोलम्बिया, कंगो, चिली, जमैकालगायतका ४० राष्ट्रका प्रमुखहरु सहभागी हुने भएका छन् ।

धेरै पाकिस्तानीहरू विभिन्‍न सामाजिक सञ्‍जालमा पाकिस्तानलाई उक्त सम्मेलनबाट बाहिर राखिएकोप्रति आश्चर्य व्यक्त गरेको हुन् । विशेष गरी पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका मुलुकहरूमा पर्छ । ग्लोबल क्लाइमेट रिस्क इंडेक्सका अनुसार पाकिस्तान पाँचौं असुरक्षित देश हो ।

विज्ञहरूले यो पनि औंल्याए कि जलवायु परिवर्तन पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारको ध्यान केन्द्रित गर्ने प्रमुख क्षेत्र हो । किनकि उनीहरूले भनेका थिए कि प्रधानमन्त्री इमरान खानले वातावरण संरक्षणका लागि अरबौं-वृक्ष सुनामी आयोजना शुरू गरेका छन् । तर, उक्त सम्मेलनमा भने सहभागी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?