नयाँ वर्ष योजना अन्तर्गत सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

लोकपथ
0
Shares

काठमाडौं । सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २०एमबीपीएस Mbps भन्दा माथिको व्यान्डविथ Bandwidthमा लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्ने जनाएका छन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिएको कम्पनीको दावी छ ।

अफर सिमित अवधीका लागि रहनेछ र शर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?