काठमाडौं–लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टा बित्न नपाउँदै जनता समाजवादी पार्टी (जसपा)का सांसद उनकै सरकारमा सहभागी हुने भएका छन्।
आफूविरुद्ध ४१ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव ल्याएको केहीबेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई समेटेर मन्त्री मण्डल पुनर्गठन गरेका हुन् ।
अविश्वास प्रस्तावमा कांग्रेस,माओवादी र जसपाका सांसदहरुले पनि हस्ताक्षर गरेका थिए । तर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदहरू विजय यादव,सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी पोखरेलको सरकारमा सहभागि बन्ने भएका हुन । उनीहरुको सपथ ग्रहण अहिले ४ बजे हुने बताइएको छ ।
मुख्यमन्त्री पोखरेल अविश्वास प्रस्ताव दर्ता भएपछि आजै माओवादीका दुई जना मन्त्रीले राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया