काठमाडौं – अठार वर्षपछि विश्व हिन्दू महासंघमा एकता हुने भएको छ । विश्व हिन्दू महासंघका दुई समितिबीच रामनवमीको अवसर पारेर वैशाख ८ गते राजधानीमा एकता घोषणा हुने भएको हो ।
सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको हो ।
संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रुपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया