आईपीएल २०२१ : स्पीनर्सले दिलाए चेन्नईलाई लगातार जीत

लोकपथ
0
Shares

काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजीत गरेको छ ।

मुम्बईको वाँखेडे स्टेडियममा टस जितेर बलिङ रोजेका राजस्थानका कप्तान सञ्जु स्यमसनको निर्णय गलत साबित हुन पुग्यो । पहिले ब्याटिङमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनको विशाल योगफल बनाएको थियो ।
चेन्नईका ओपनर फाफ डु प्लेसीले १७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको पारी खेलेका थिए । कप्तान महेन्द्र सिंह धोनी भने १७ बलमा १८ रन बनाउँदै पविलिएन फर्केका थिए । इन्निङको अन्तिम चरण बाँकी रहँदा क्रिजमा आएका वेस्ट इन्डिजका द्वेन् ब्राभोले ८ बलमा २० रनको राम्रो योगदान दिएका थिए ।

१८९ रनको विजय लक्ष्य पछ्याउन ब्याटिङमा उत्रेको राजस्थान भने २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रनमै समेटिए पछि चेन्नईले लगातार दोस्रो जीत निकाल्न सफल भएको हो । चेन्नई का लागि स्पिनर रवीन्द्र जडेजाले २ विकेट तथा अर्का स्पिनर अलराउन्डर मोइन अलिले ३ ओभर बलिङ गर्दै मात्र ७ रन खर्चेर ३ विकेट लिन सफल भए। ब्याटिङमा पनि २६ रनको योगदान गरेका अलि खेलको म्यान अफ दि म्याच हुन पुगे ।

आजको खेलमा दिल्ली क्यापिटल्स र मुंबई इण्डियन्स चेन्नईको चेपाकमा साझा ७ः४५ बजे आमने सामने हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?