काठमाडौं । भारतको काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
सिआइसिएसईले विज्ञप्तीमार्फत् भारतमा बढ्दो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।
विद्यार्थी तथा शिक्षकको स्वास्थ्य महत्तवपूर्ण रहेका कारण यस्तो निर्णय लिनु परेको विज्ञप्तीमा उल्लेख छ । तर कक्षा १२ को परीक्षा भने रद्द नहुने र तोकिएकै मितीमा हुने जनाइएको छ । सिआइसिएसईले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको पक्रिया थाल्न भनेको छ । र वैकल्पीक माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
त्यस्तै कक्षा १० को परीक्षा सञ्चालन गर्नेबारे पछि सिआइसिएसईले निर्णय गर्ने पनि विज्ञप्तीमा उल्लेख छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या कुल संक्रमितको संख्या एक करोड ५३ लाख नाघेको छ । र त्यँहा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया