१७ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक जना पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । बर्दियामा ७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका ९ टेसनपुर बस्ने ५५ वर्षीय खर्बु थारुलाई हिजो (मंगलवार) बेलुका प्रहरीले पक्राउ गरेको हो ।

खर्बुले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?