काठमाडौं । बिहीवार (आज) शेयर बजारमा हरियाली छाएको छ । यस दिन शेयर बजार १५.८० अंकले बढेर २६४८ मा रोकिएको छ ।
आज ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै १ करोड ३० ३२ हजार ८२३ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार होटल तथा पर्यटन व्यवसाय र म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको कारोबार वृद्धि भएको छ ।
यस दिन सबैभन्दा बढी विकास बैंक समूहको १.३३ प्रतिशतले कारोबार बढेको छ । सबै भन्दा कम वित्त कम्पनीको ०.११ प्रतिशतले कारोबार बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया