काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंग्लाेरलाई १७८ रनको लक्ष्य दिएको छ । वान्खाडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनायो ।
राजस्थानका लागि शिभम डुवेले सर्वाधिक ४६ रनको योगदान गरे । ३२ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै राहुल तेवातीयाले ४० रन बनाए । राजस्थानका लागि रियान प्रागले २५ रन बनाउँदा क्रिस मोरिसले १० रनको योगदान गरे ।
बैंग्लाेरका लागि मोहम्मद सिराज र हर्सल पटेलले समान ३–३ विकेट लिए । त्यस्ते केले जेमिसशन, केन रिचर्डसन र वासिन्टन सुन्दरले समान १–१ विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । त्यस्तै बैंग्लाेर लक्ष्य भने आजको खेलमा जित निकाल्दै लगातार चौँथो जित दर्ता गर्ने छ ।
बैंग्लाेर ३ खेल खेलेर ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ३ खेलबाट २ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया