पार्टी फुट्न लागेपछि आत्तिए ओली, नेपाल पक्षलाई भने- ‘फर्किनुस् जिम्मेवारी दिन्छौँ’

काठमाडौं । नेकपा एमालेले देशभर समानान्तर गतिविधिहरु रोक्न आग्रह गरेको छ ।

आज बसेको नेकपा एमाले महाधिवेशन कमिटीको बैठकले पार्टीभित्रको समानान्तर गतिविधि रोक्न र समानान्तर कमिटीमा बसेकाहरुलाई मूल नेतृत्वमा फर्किन आग्रह गरेको हो ।

बैठकको निर्णयहरु सुनाउँदै परराष्ट्र मन्त्री समेत रहेका एमाले नेता प्रदिप ज्ञवालीले त्यस्तो बताएका हुन् ।

आजको बैठकले विभिन्न ११ वटा महत्वपूर्ण राजनीतिक प्रस्ताव तय गरिएको जानकारी दिँदै समानान्तर गतिविधिबाट फर्किनेहरुलाई उचित जिम्मेवारी दिने निर्णय भएको समेत जानकारी दिए ।

समसायिक विषयमा ११ वटा राजनीतिक प्रस्तावहरु पारित गरेको छ ।

समानान्तर गतिविधि रोक्न, पार्टी एकिकरणमा लाग्न आग्रह

समानान्तर कमिटिमा बसेकाहरुलाई फर्किन आग्रह

जनप्रतिनिधिकहरुलाई जुन पार्टी र चुनाव चिन्हबाट चुनाव लढेको हो त्यसमै रहन आग्रह गरिएको

समानान्तर गतिविधि गरिहेकाहरु पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिइने

आन्दोलनको घडीमा आन्दोलनमा सरिक हुनेहरुलाई धन्यवाद ज्ञापन

उपनिर्वाचनमा प्रतिवद्ध हुन सबै पार्टी कमिटीहरुलाई आग्रह

फागुन २१ गते सरकार पक्ष र विप्लव समूहबीचको सहमतीलाई स्वागत गरिएको

त्यस्तै आजको बैठकले कोरोना संक्रमण रोक्नका लागि सरकारलाई प्रतिवद्ध बनाउन सबै नागरिकहरुलाई आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?