यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशक बनाउन मोदीको आग्रह

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गरेका छन् ।

बिहीवार मोदीले जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै त्यस्तो आह्वान गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यस तर्फ काम गरिरहेको र वर्ष २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराए । साथै उनले सफा उर्जा, उर्जा क्षमता, वृक्षरोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताए ।

प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA), LeadIT and the Coalition for Disaster Resilient Infrastructure जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ गरे। यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको बताएका छन् ।

“हामीले सदियौं देखि अवलम्बन गर्दै आएको दिगो एवम परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्वन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।”, प्रधानमन्त्री मोदीले भने। उनले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै ‘Back to Basics’ को सिद्धान्तलाई पछ्याउन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?