बादलनै एमाले तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बन्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेबाट उम्मेवद्वार बनाउने निर्णय गरेको छ ।

शुक्रवार (आज) बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् ।

त्यसैगरी एमालेमा आएका कारण कारबाहीमा परेका माओवादी नेताहरुलाई उचित स्थान दिइने समेत बताए । त्यस्तै अब हुने निर्वाचनमा बादललाई जसरी पनि जिताएर छोड्ने दाबी गरे ।

ओलीले भने- ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?