आज लोकतन्त्र दिवस

काठमाडौं । आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा बैशाख ११ लाई लिने गरिन्छ ।

वि.स. २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।
नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ ।

सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो ।

अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?