एफसी चितवनलाई डिशहोमको प्रायोजन

काठमाडौँ- नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।

सम्बन्धी सम्झौतापत्रमा डिशहोका प्रबन्ध निर्देशक सुदिप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले  हस्ताक्षर गरेका छन् । भरत खवास मार्कि प्लेयर रहेका एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्वय  एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन्।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफसी चितवनमा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडीहरु रहेका छन्।

वैशाख ११ देखि शुरु हुने खेलमा एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?