काठमाडौं । पहिलो पटक फ्रेन्चाईजी फुटबल लिगको थालनी गर्न लागेको नेपाली फुटबल जगतले आज, वैशाख ११ गते बाट नेपाल सुपर लिग (एनएसएल) को शुरुवात गर्दै छ।
७ टोली सम्मिलित एनएसएल नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्दै छ भने अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) ले यसलाई प्राविधिक सहयोग पुर्याउने छ।
कोभिड(१९ को महामारी दिनदिनै देश व्यापी रूपमा बढ्दै गएको ले एनएसएलका सम्पूर्ण खेल बिना दर्शक सञ्चालन हुनेछन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा वैशाख ११ देखि जेष्ठ १ गते सम्म संचालन हुने सुपर लिगमा म्याच अफिसियल, मेडिकल टिम, स्पनसर्स, मीडिया र सिमित आमन्त्रित अतिथिलाई मात्र प्रवेश दिइने कुरा सार्वजनिक भएको छ।
एनएसएलको पहिलो संस्करणमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी उपाधिका लागि सिंगल राउन्ड रबिन मेथडमा भिड्ने छन्।
आज हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बेलुकी ५स्३० बजे आमने सामने हुँदै छन्।
भर्खरै थ्री नेसन्स कपमा नेपाललाई विजेता बनाउन सफल बाल गोपाल महर्जन काठमाडौंका मुख्य प्रशिक्षकका रूपमा देखिने छन् भने कप्तानीको जिम्मा गोलरक्षक विकेश कुथुले पाएका छन्। काठमाडौं रेजर्सका अन्य प्रचलित नाममा तेज तामाङ, संजोग राई, त्रिदेव गुरुङ लगायतका खेलाडी देखिने छन्।
उता ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षणको भुमिकामा प्रदीप हुमागाईं हुने छन्। अन्जन विष्टको कप्तानीमा ललितपुर सिटी एफसीले आजको डर्बी खेल्ने छ। ललितपुरको रङ्गमा एरीक विष्ट, रंजन विष्ट लगायतका खेलाडी पनि मैदानमा देखिने छन्।
एनएसएलको पहिलो संस्करणको लागि देश विदेश बाट खेलाडी तथा सेलिब्रेटीहरुले शुभकामना सन्देश पठाउने क्रम जारी छ। पोर्चुगल र रियल मड्रिडका पूर्व खेलाडी लुइस फिगो, बलिउडका अभिनेताहरू सोहेल खान, पुरव कोहली, डिनो मोरिया लगायतका व्यक्तित्वले नेपाल सुपर लिगलाई अग्रिम बधाई दिएका छन्।
अब खेल्छ नेपालु भन्ने ट्याग लाइनका साथ शुरू हुन लागेको नेपाल सुपर लिगको उपाधि जित्ने टोलीले ३५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उप बिजेताले १५ लाख रुपैयाँ पुरस्कार स्वरूप पाउने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया