काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रसहित तीनै जना शनिवार (आज) दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो ।
भारतको कुम्भमेलाबाट फर्किएका उनीहरुमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया