सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्न कांग्रेसले ढिला गर्न हुन्न : नेता पौडेल

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिलाई गर्न नहुने बताएका छन् ।

रिर्पोट्स क्लब नेपाल लुम्बिनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस्तो बताएका हुन् ।

देश अप्ठ्यारो स्थितीमा रहेको अवस्थालाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ती संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न नेपाली कांग्रेसले जोड दिनुपर्ने उनको भनाइ रहेको छ ।

नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र दुई धारको चरित्र चित्रण गर्दै, आएको, भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रवृती हो भनी प्रश्न समेत गरेका थिए । उनले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा भन्दा पनि वलियो बन्दै गएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?