काठमाडौं । तनहुँ र चितवन जोड्ने त्रिशुली नदी माथि बनिरहेको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । त्यस्तै त्यहाँका अन्य ८ जना मजदुर घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-१ को ठिमुरालाई देवघाट जोड्ने निर्माणाधिन पुलको काम गर्दै गरेका मजदुरहरु त्रिशुलीमा खसेका थिए ।
नदिमा खसेका भारतका ४३ वर्षीय विजय यादव रहेका छन् । त्यस्तै उद्धार गरिरहेकाहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै नदीमा खसेका अन्य २ जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया