एनएमबी बैंकको ‘कन्ट्याक्टलेस कार्ड’ बाट बस भाडा तिर्न सकिने

काठमाडौँ- एनएमबी बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नकालागि  ‘कन्ट्याक्टलेस कार्ड’ जारी गरेको छ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबी बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहक वर्गलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्धेश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो ।

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेकोे र अरु विभिन्न बस ब्यवसायीहरु संग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ।

बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?