काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।
आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।
यस्तै (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया