काठमाडौं । सरकारले पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समितिको बैठकले पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया