म्यानचेस्टर सिटीलाई काराबाओ कपको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले लगातार चौथो पटक काराबाओ कप उचाल्दै कीर्तिमान रचेको छ ।

आईतवार राती लन्डनको वेम्बले मैदानमा सम्पन्न फाइनल खेलमा सिटीले टोटनह्यामलाई १–० गोलले पराजित गर्दै लगातार चौथो पटक लिग कपको उपाधि जितेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा खेलेको सिटीले दोस्रो हाफको ८२औं मिनेटमा डिफेन्डर आइमेरीक लापोर्टेको हेडर मार्फत अग्रता लिएको थियो। उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

करिब आठ हजार समर्थक सहित खेलिएको फाइनल खेलमा जीत निकाल्दै सिटी अब प्रिमियर लीगको उपाधि नजिक पनि पुगिसकेको छ । गए राती नै सम्पन्न प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेड सँग बराबरी खेल्दा, सिटीलाई प्रिमियर लिगको उपाधि जित्न केवल एक जीतको आवश्यकता रहेको छ ।

यो हार सँगै टोटनह्यामको उपाधि खडेरी अझै लम्बिएको छ । भर्खरै मुख्य प्रशिक्षक जोसे माउरिन्होसँग
सम्बन्ध तोडेको टोटनह्यामले आफ्नो पछिल्लो उपाधि सन् २००८ मा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?