आजदेखि बाँके र बर्दियामा एक हप्ता निषेधाज्ञा

काठमाडौं । बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागू गरिने भएको छ । कोरोना संक्रमणको दर बढ्दै गएकाले आज सोमवार राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिने भएको हो ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी सञ्चालन हुने छन् ।

त्यस्तै स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला रहने जनाइएको छ ।

भारतसँग सिमानाका जोडिएका कारण बाँके र बर्दिया कोरोना संक्रमणको थप जोखिम रहेको जिल्ला मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?