काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले परियोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयकालागि आईपीओ बिक्री खुला गर्ने भएको छ । आयोजनाले वैशाख २१ गतेबाट आईपीओ बिक्री खुला गर्न लागेको हो ।
आयोजनाले नेपाल धितोपत्र बोर्डबाट स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो ।
जसमध्य आयोजना निमार्णस्थल सिन्धुपाल्चोकका स्थानीयले ६० लाख कित्ता आईपीओ खरिद गर्न सक्ने छन् । भोटेकोशी गाउँपालिका वडा. नम्बर १ र ५, बाह्रविसे नगरपालिका वडा ५, ६, ७ र ८ का स्थानीयको लागि १८ लाख कित्ता छुट्ट्याएको छ । स्थानीयले न्युनतम १० कित्तादेखि बढीमा ४०० कित्ता सम्मको लागि आवेदन गर्न सक्नेछन् ।
बाँकी ४२ लाख कित्तामा भने जिल्लाका अन्य सर्वसाधारणले लगानी गर्न सक्ने आयोजनाले जनाएको छ ।
आईपीओमा सर्वसाधारणले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ २० सम्म आवेदन दिने समय थप हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया