बागमती प्रदेशमा कोरोना : मृतक संख्या १० हजार पुगेको गलत तथ्यांक सार्वजनिक

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको गलत तथ्यांक सार्वजनिक गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या नै १० हजार ५ सय ६८ सार्वजनिक गरेको छ । जबकी आइतवारसम्म देशभर कोरोनाबाट जम्मा ३ हजार १ सय ६४ जना रहेको छ ।

त्यस्तै हालसम्म प्रदेशभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ३ सय २६ रहेको छ । जसमध्ये १ लाख ५४ हजार ९ सय ४६ जना निको भएर घर फर्किएका छन् । भने हाल ८ हजार ३ सय १२ जना उपचाररत रहेका छन् ।

यसो त आइतवारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ मात्रै रहेको छ । भने हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म २ लाख ७७ हजार ५ सय ७३ जना संक्रमित निको भइ घर फर्किएका छन् । भने हालसम्म देशभर १९ हजार ३ सय ८२ सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?