मास्क नलगाई हिँड्ने १३२५ जनालाई कारवाही

काठमाडौं । प्रहरीले मास्क नलगाई हिँडेका १३२५ जनालाई कारवाही गरेको छ । आज (सोमवार) बिहान प्रहरीले कोरोना महामारी रोकथाम गर्न मास्क नलगाई हिँड्ने ३२२ जना महिला र १००३ जना पुरुषलाई कारवाही गरेको हो ।

उनीहरुलाई प्रहरीले केहि समय रोकेर सम्झाई बुझाई गरेकोे थियो ।

विश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौंमा समेत संक्रमण बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागी सङक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोगगरी मास्क नलगाई हिँड्नेहरुलाई कारवाही गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?