कोरोना त्रास : धमाधम स्वदेश फर्किँदै नेपाली (तस्वीरमा हेर्नुहोस्)

धनगढी । भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभुमि भित्रिन थालेका हुन् ।

हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ । रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभुमि भित्रिन थालेका छन्।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सिमानाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर,‌ हेल्थडेस्कको ब्यबस्थापन गरिएको छ। भारतबाट भित्रिनेहरुमा कोरोनाको जोखिम उच्च हुने अवस्था दिनप्रति दिन बढ्दै गएकोले नाका क्षेत्रमा कडाई गरिएको छ ।

कैलाली, कन्चनपुरका गड्डाचौकी, गौरीफान्टा, त्रिनगर र टनकपुर-ब्रह्मदेव लगायत भारत सँग जोडिएका नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कोरोना जोखिमको दृष्टीले सुदूरपश्चिम उच्च जोखिममा रहेको अवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?