कैलाली र कञ्चनपुरमा रात्रीकालीन लकडाउन, सवारीसाधनमा जोरबिजोर प्रणाली

टेकसिंह धामी/धनगढी-  कैलाली र कञ्चनपुरमा आज (सोमवार)देखि रात्रीकालीन लकडाउन जारी भएको छ ।

कैलाली र कन्चनपुर दुइवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भएको अन्तर जिल्ला बैठकले उक्त निर्णय गरेको हो।
बैठकले रात्रीकालीन लकडाउन गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए ।

‘कैलाली कन्चनपुर दुबै जिल्लाका हकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । यसलाई रात्रीकालीन लकडाउन भन्दा हुन्छ ।’

रातिको समयमा हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नभए दुई÷तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिने समेत अधिकारी रिजालले बताए ।

यस्तै बैठकले दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्लाभरका सम्पुर्ण शैक्षिक संस्था, सिनेमा हल, रङ्गशाला बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन समेत बन्द गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?