काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गतको आजको पहिलो बैठकमा मुख्यमन्त्री विरुद्दको अविश्वासको प्रस्ताव पेश भएको छ ।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्दको अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
बैठकमा बोल्दै नेता पोखरेलले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिएको आरोप लगाएका छन् ।
बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले केन्द्रीय सरकारको मतियारका रुपमा गण्डकीका मुख्यमन्त्री भएको आरोप लगाए ।
त्यस्तै गण्डकी प्रदेश सरकार संविधानविरुद्द भएको र सरकारले संविधानकै अवहेलना गरेको आरोप मुख्यमन्त्री माथि लगाइएको छ ।
‘गण्डकी प्रदेश सरकार संविधानविरुद्ध छ । यसले संविधानको अवहेलना गरेको छ,’ संविधानको धारा १८८ मा प्रधानमन्त्री तथा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा विभाजित भएको मितिबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मुख्यमन्त्रीले त्यो व्यवस्था उल्लंघन गर्नुभएको छ ।’ बैठकलाई सम्बोधन गर्दै उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया