काठमाडौं । नेकपा एमालेको ह्विप उल्लघंन गरेका कर्णाली प्रदेशसभाका चार जना सांसदको सांसद पद गएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएकाका कारण उनीहरुलाइ एमालेले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको थियो । सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अरु तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।
यसअघि वैशाख १२ गते एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो । सो पत्र सुनाउँदै सभामुख राज बहादुर शाहीले चार सांसदको पद रिक्त रहेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया