सर्वोच्चमा माधवकुमार नेपाल पक्षको मुद्दा : लिखित जवाफ झिकाउन माग

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले माधवकुमार नेपाल पक्षले सर्वोच्चमा दायर गरेको मुद्दाको लिखित जवाफ माग गरेको छ ।

सोमवार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो मुद्दा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरित आफूहरुलाई कारबाही भएको भन्दै उक्त पक्षले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाई रिट निवेदकहरुले रिट दायर गरेका थिए ।

वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आफूहरुलाई विधानविपरित कारबाही गरेको भन्दै त्यसको बदर गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?