जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो

काठमाडौं । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमवार सार्वजनिक गरिएको तथ्यांकमा त्यहाँका संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।

त्यहाँ संक्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमवार मात्र त्यहाँ कोरोना भाइरसबाट संक्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो ।

त्यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक संक्रमित भएका बताइएको छ । त्यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा संक्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलवार दिएको जानकारीअनुसार आजसम्ममा त्यहाँ यो संक्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि त्यहाँका पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा त्यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतवार संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि त्यहाँ सोमवार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । त्यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । त्यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?