काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारी बैठक सकिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि मंगलवार बिहानैदेखि पार्टी कार्यालय बालकुमारी ललितपुरमा बसेको थियो । त्यस्तै दुई दिनपनि बैठक पुनः बस्ने स्रोतले जनाएको छ ।
आजको बैठकमा नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी रहेका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ । सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टी भित्र एकमत बनाउनका लागि आज बैठक बसेको स्रोतको दाबी छ । त्यस्तै आज नै जसपा कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया