धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ।
जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा आज मंगलवार बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी दिए ।
यस्तै यसअघि सोमवारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो। कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा रात्रीकालीन लकडाउन गरिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया