रुपन्देहीमा कोरोना संक्रमण उच्च : निषेधाज्ञाको तयारी

रुपन्देही । रुपन्देहीमा कोरोना दर उच्चरुपमा वृद्धि हुदै गएपछि यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले सिफारिस गरेको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि डिसिसिएमसीलाई निर्णय अधिकार दिएसँगै त्यस्तो निर्णय गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?