कांग्रेस अविश्वासको प्रस्ताव लैजान तयार भयो : नेता श्रेष्ठ

लोकपथ
112
Shares

काठमाडौं । नेकपा(माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस केपी ओली नेतृत्वको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव लैजान तयार भएको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ नेता श्रेष्ठले कांग्रेस वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान तयार भएको भएपनि जसपा भने हालसम्म तयार नभएको बताएका हुन् ।

नयाँ सरकार बनाउन पार्टीले पहल गरिरहेको भन्दै उनले जसपा तयार हुनासाथ अविश्वासको प्रस्ताव ल्याउने बताए । जसपाले निर्णय गर्न धेरै लम्ब्याउनु नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?