काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको सम्बन्धमा थप आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार आदेश जारी गरेका हुन् ।
थप आदेशमा खाद्य सामाग्रीका डिपार्टमेन्ट स्टोर बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्नुपर्ने बताइएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने नीजि नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ ।
विवाह तथा ब्रतबन्धका लागि दुलाहा, दुलहीसहित १५ जनासम्मलाई २ वटासम्म सवारी साधन प्रयोग गरी जिल्ला भित्र वा जिल्ला बाहिर जान अनुमति नचाहिने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको सिफारि चाहिने बताइएको छ ।
विवाह, ब्रतवन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्किनुपर्दा बढीमा ७ जनासम्मका लागि स्थानिय तहको सिफरिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन दिनुपर्नेछ ।
आदेशमा मृत्युसंस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गनुपर्ने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया