इन्डियन प्रिमियर लिग : बैंगलोरको रोमाञ्चक जित

लोकपथ
126
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राती खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्स माथि १ रनको रोमाञ्चक जित निकालेको छ ।

अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

बैंगलोरका कप्तान विराट कोहली सस्तैमा समेटिए पनि विकेटकिपर ब्याट्सम्यान एबी डेविलियर्सले उत्कृष्ट प्रदर्शनी गर्दै बैंगलोरको पारी सम्हाले । उनले अविजित ७५ रनको योगदान दिएका थिए ।

१७२ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा मात्र १७० रन बनाउन सकेपछि बैंगलोरले खलेमा १ रनले बाजी मारेको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्त र वेस्ट इन्डियन ब्याट्सम्यान शिम्रोन हेटमायरले चौथो विकेटको लागि ७८ रनको साझेदारी गरे पनि दिल्ली १ रनले चुक्न पुग्यो । एक समयमा खलबलाएको दिल्लीको पारीलाई हेटमायरले २५ बलमा ५३ रन प्रहार गर्दै सम्हालेका थिए ।

४२ बलमा ७५ रन प्रहार गरेका एबी डेविलियर्स खेलको म्यान अफ दि म्याच घोषित भए । यसका साथै ६ खेलमा ५ जित निकालेर बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नई र दिल्ली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आईपीएलमा आज साँझ दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सको सामना आठौं स्थानमा रहेको सन्राईजर्स हैदराबादले गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?