काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको छ ।
मंगलबार मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सूचारु गर्न सरोकारवाला मान्त्रालयका अधिकारीहरु समेत रहेको उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको बताएको हो ।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क मन्त्रालयले सम्पर्क व्यक्तिहरु समेत तोकेको छ । कुनै प्रकारका वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समस्या भए सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न पनि मनत्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया