कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना

काठमाडौं । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्काका पीएसओ र सवारी चालकसहित केन्द्रीय कार्यालयका केही सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

आज बस्ने कैन्द्रीय समिति बैठकलाई लक्षित गरी सबैको कोरोना परीक्षण गरिएको थियो । तर नेता तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै बैठक बस्ने वा नबस्ने छलफल भइरहेको स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

त्यस्तै कोरोना पुष्टि भएका कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठसँग कांग्रेस नेता कृष्णबहादुर सिटौलासँगै रहेको स्रोतले जनाएको छ । नेताहरु कन्ट्रयाक टे्रसिङमा परेको र आइसोलेसनमा बस्नुपर्ने कारण बैठक बस्ने वा नबस्ने भन्नेमा अन्यौलता देखिएको हो ।

कैन्द्रीय कमिटी बैठक बस्ने वा नबस्ने भन्ने विषयमा छलफल भइरहेको र केहीबेरमा निर्णय आउने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?